सचिवालयमा सबैको जित : मुख्यमन्त्री पोख्रेल

बैशाख २१, २०७७

तुलसीपुर । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सचिवालय वैठकमा सबैको जित भएको वताएका छन् । सामाजिक सञ्जालमा लेख्दै मुख्यमन्त्री पोख्रेलले कुनै एक पक्षको जित मात्रै भन्दा पनि समग्र पाटीको जित भएको उल्लेख गरेका छन् ।

‘ हिजोको सचिवालयको निर्णय कसैको जीत वा कसैको हार होइन,यो त गलत प्रवृत्तिको हार र समग्र पार्टीको जीत हो। ’ स्टाटसमा लेखिएको छ । मुख्यमन्त्री पोख्रेल प्रदेश नम्वर ५ का इन्चार्ज र स्थायी कमिटी सदस्य समेत हुन् ।

पार्टीको समिकरणलाई जोगाउँका निम्ती उनले महत्वपूर्ण भुमिका खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस