तनाव मुक्तिका लागि लेखक बुद्धिसागरको महत्वपूर्ण टिप्स

बैशाख २१, २०७७

 

१– मज्जाले नाँच्नुस् । नृत्यले दिमाग पनि नृत्यरत हुन्छ ।

२–आफ्नो लुगा आँफै धुनुस् । कहाँनेर ब्रस बढी घोट्ने र मयल कहाँनेर बढी छ, आफैलाई मात्र थाहा हुन्छ ।

३–बर्षोदेखि मान्दै आएका मान्यतालाई प्रश्न गर्नुस् ! जस्तोः गुलाब सुन्दर फूल हो तर किन ? एकपन्ना लेख्नुस् !

४– समकक्षीको सफलताले पोलिरहेछ ? उस्को सफलतालाई सम्मान गर्दे सन्देश लेख्नुस् ।

५–खाना पकाउँनु नै छ भने हरेक दिनजस्तो उहि नपकाउँनुस् । युट्युव हेर्दे किचेनमा उपलव्ध अन्नबाट बिल्कुल नयाँ परिकार बनाउँने कोसिस गर्नुस् !

६ – अँ …युट्युवमा लोकेसन फेरिरहनुस्, नयाँ नयाँ देश राख्नुस् र टे«डिङ्ग परेका भिडियो हेुर्नस् !

७–हप्तामा एकदिन नयाँ नयाँ भाषाका कम्तिमा ५ वटा शब्द सिक्छु भन्ने प्रतिज्ञा गर्नुस् ! सिक्नुस् !

८ –संसारका सबै देशका राष्ट्रगान सुन्नुस् । सबै युट्युवमा भेटिन्छन् ।

९–असाध्यै तनाव हुँदा कि त ऐना हेर्नुस् । र, मुस्कुराउँने कोसिस गर्नुस् । सकिएन भने किचेनमा पसेर सकिने जति भाँडा पखाल्नुस् ।

१०– र, सकेसम्म आँफ्ना सबैभन्दा कम उमेरका स्मृतिहरु सम्झिने कोसिस गर्नुस् । स्मरणमा बसेको सबैभन्दा पहिलो स्मृति खोज्न ।

 

यतिले दिन सुन्दर भएन भने मलाई गाली गर्नुस् !

प्रतिक्रिया दिनुहोस