६ जिल्लाका एसपी फेरिए, दाङमा गणेश चन्द

बैशाख २१, २०७७

प्रहरी प्रधान कार्यालयले ६ जिल्लामा प्रहरी उपरीक्षक एसपीको काज सरुवा गरेको छ । ती जिल्लामा कार्यरत एसपी बढुवा भएपछि रिक्त पदमा काज सरुवा गरिएको हो ।

सरुवाअनुसार सुनसरीमा कमल थापा, बर्दियामा केदार रजौरे, नवलपरासी पश्चिममा अजय केसी, बाग्लुङमा शारदा चौधरी, दाङमा गणेश चन्द र कैलालीमा अनुपमशमशेर जबरालाई पठाइएको छ ।

सुनसरीका यज्ञविनोद पोखरेल, बर्दियाका राजेश बाँस्तोला, नवलपरासी पश्चिमका लालमणि आचार्य, दाङका जनक भट्टराई, बाग्लुङका नवराज भट्ट तथा कैलालीका सुदीप गिरी एसएसपीमा बढुवा भएपछि ती जिल्लामा एसपीको दरबन्दी रिक्त भएको थियो

दाङका प्रहरी प्रमुख जनक भट्टराई हालै मात्रै एसएसपिमा बढुवा भएर प्रहरी प्रधान कार्यालयको तालिम केन्द्रमा पदस्थापन भएपछि भट्टराईको ठाउँमा नयाँ प्रहरी प्रमुखको रुपमा चन्द आउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस