डिसहोमले सुरु गर्यो विद्यार्थीका लागि पठनपाठन

बैशाख २०, २०७७

लकडाउनका कारण घरमै थुनिएर बसेका विद्यार्थीहरूका लागि डिसहोमले ‘डिसहोम घरमै क्लास’ कार्यक्रम सुरु गरेको छ।

लकडाउनले विद्यार्थीको पठनपाठनमा प्रभाव पारेकोभन्दै डिसहोम र डियर वाक लर्निङ सेन्टरको सहकार्यमा वैशाख २० गतेबाट कक्षा ४ देखि १० सम्मका विद्यार्थीका लागि टेलिभिजन कक्षा सञ्चालन गरेको हो।

कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूलाई घरमै बसी अध्ययन/अध्याापन गराई सहयोग गर्ने उद्देश्यले डिसहोमले आफ्नै च्यानलमार्फत क्लास सुरु गरेको जनाएको छ। अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयको कक्षा सञ्चालन हुने बताइएको छ।

डिसहोमले कक्षा १० का लागि च्यानल नम्बर ११४ मा, कक्षा ९, ८ र ७ का लागि च्यानल नम्बर ११५ मा र कक्षा ६, ५, ४ का लागि च्यानल नम्बर ११७ मा कार्यक्रम सञ्चालन गरेको छ। कक्षाहरू बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म प्रशारण हुनेछन्।

यसका साथै डिसहोमले विगत ६ महिना बढी समयदेखि विभिन्न कारणले डिसहोम रिचार्ज गर्न नसकेका पुराना ग्राहाकका लागि वैशाख २१ गतेदेखि लागु हुनेगरी ३० दिनसम्मका लागि सम्पूर्ण च्यानल (२०८) निशुल्क उपलब्ध गराउने बताएको छ।

कार्यक्रमले लकडाउनका कारण घरमै बसेका ग्राहाकको परिवारसँगको बसाइलाई रमाइलो बनाउने डिसहोमले विश्वास गरेको छ।

प्रतिक्रिया दिनुहोस