लमहीमा बेवारिसे शव फेला
लमही,२० बैशाख । देउखुरीमा बेवारिसे शव फेला परेको छ ।
लमही नगरपालिका– ६ देउपुरमा करिव ५०–५५ बर्ष देखिने पुरुष झुण्डिए आत्महत्या गरेको अबस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
सेतो सट, रातो हाप ज्याकेट र गुलाबी रङको हाप पाइन्ट लगाएको पुरुषको शव फेला परेको हो ।
घरको आगाडी बाख्रालाई घाँस बान्नलाई बनाएको डोरीमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा शनिवार दिउँसो करिब १२ बजे शव फेला परेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
मृतकको शवलाई लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । उनको पहिचान खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस