लकडाउन दुई हप्ता थप्ने भारत सरकारको निर्णय

बैशाख १, २०७७

काठमाडौँ । भारत सरकारले जारी लकडाउन दुई हप्ता थप गर्ने निर्णय गरेको छ ।

शुक्रवार भारतको गृह मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको हो ।

भारतले कोरोना जोखिमलाई हेरेर जिल्लाहरुलाई हरियो,रातो र सुन्तला रंगमा वर्गीकरण गरेको छ ।

मन्त्रालयका अनुसार यस पटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट दिइने छैन । दिल्ली, मुम्बई, पुने, अहमदवाद, हैदरावाद, लखनउ, इन्दोर र जयपुर र  उत्तर प्रदेशको १९ जिल्ला ‘रेड जोन’ मा परेका छन् ।

‘अरेन्ज जोन’ र ‘ग्रीन जोन’मा रहेका जिल्लाहरूलाई भने केही छुट दिइनेछ ।

२८४ ‘अरेन्ज जोन’मा परेका जिल्लामा पनि ‘रेड जोन’मा जस्तै लकडाउन रहनेछ । तर, यी क्षेत्रमा छुट्ट्याइएको ‘हट स्पट’ बाहिरको क्षेत्रमा भने लकडाउनमा केही छुट हुनेछ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ ३५ हजार भन्दा बढीमा नोवल कोरोना भाइरस सङ्क्रमण देखिएको छ । जसमध्ये ९ हजार जना निको भइसकेका छन् भने एक हजार १५२ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस