श्रमिक दिवसको अवसरमा प्रदेश सांसद शर्माद्वारा शुभकामना

बैशाख १, २०७७

 

ओमप्रकाश गुप्ता

सिसहनियाँ १९ वैशाख । प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य रेवतीरमण शर्माले अन्तरास्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिएका छन् । सांसद शर्माले अहिलेकाे कोरोना महामारी विरुद्धको लडाईमा साझा संकल्पकाे आवश्यकता रहेकाे उल्लेख गर्दै मजदुर दिवसकाे अवसरमा सम्पूर्ण मजदुर वर्गमा शुभकामना व्यक्त गर्नु गरेका छन् ।

अहिले श्रमिकको रोजगारी, आय र सामाजिक सुरक्षा सुनिश्चिता प्राथमिकता राखिएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तारिखको दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो । यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय राष्ट्रहरूमा सामान्य रूपमा मनाइन्छ।

विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही राष्ट्रहरूमा यस दिन बसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ।

प्रतिक्रिया दिनुहोस