नयाँ वर्षको स्वागत

बैशाख ०१, २०७७

 

बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर नयाँ वर्ष २०७७ को स्वागत गरिएको छ ।

ज्योतिष पण्डित वासुदेवकृष्ण शास्त्रीका अनुसार बिहान पाँच बजेर ४३ मिनटदेखि सात बजेर १७ मिनटसम्म सूर्यलाई अर्घ्य दिने अमृत बेला थियो ।

‘महामारीका बेलामा विश्व कल्याणको कामना गर्दै सूर्यलाई अर्घ्य दिएर नयाँ वर्षको स्वागत गरिएको हो,’ शास्त्रीले भने ।

कोरोना संक्रमणको त्रासका कारण सबै घरमा वसेर नयाँ वर्ष मनाइरहेको छन् । यसैविच नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री केपि शर्मा ओलीले विहान ८ वजे ताली वजाइर राष्टिय गान गाउँन आव्ह्वान गरेका छन् ।

खबरशालका सबै पाठकलाइ नयाँ वर्षकाे शुभकामना ।

 

प्रतिक्रिया दिनुहोस