नगरप्रमुख पाण्डेले दिए नयाँ वर्षको शुभकामना

बैशाख ०१, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश जारी गरेका छन् । कोरोनाको संक्रमणका विचमा आएको नयाँ वर्षले सबैलाई कोरोना संक्रमणबाट सुरक्षित राखोस् भन्ने शुभेच्छा समेत व्यक्त गरेका छन् ।

“उत्साहपूर्ण समयमा पनि हामी घरभित्र वस्न वाध्य छौ, सबैले आआफ्नो ठाउँबाट कोरोना संक्रमण विरुद्ध लड्नु आवश्यक छ ” उनले उल्लेख गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले कोरोना संक्रमणको प्रकोपलाई मध्यनजर गरेर विभिन्न काम गरिरहेको वताउँदै उनले सबैलाई लकडाउनको पालना गर्नका लागि अनुरोध समेत गरेका छन् ।

“हामी सुरक्षित भयौ भने मात्रै हाम्रो परिवार र समाज सुरक्षित हुन्छ ” सन्देशमा लेखिएको छ । महामारी विरुद्धको लडाइमा सबै नागरिकको साथ र सहयोग हुनेछ भन्ने आशा समेत गरिएको छ ।

उच्च मनोबलका साथ कोरोनाको संक्रमणबाट सबै नगरबासीहरु सुरक्षित हुनका लागि नयाँ वर्षले शक्ति प्रदान गरोस् भन्ने शुभेच्छा समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस