दाङ्गमा १४ जनाको र्यापिड टेस्ट, सबैको रिपाेर्ट नेगेटिभ

चैत ३०, २०७६

तुलसीपुर ।

दाङ्गमा आइतवार १४ जनाको र्यापिड टेष्ट गरिएको छ । विभिन्न क्वारेन्टाइनमा रहेका उनीहरुको सबैको नतिजा नेगेटिभ आएको हो ।

शनिवार किट आएसँगै आइतवारबाट र्यापिड डाइग्नोष्टिङ्ग टेस्ट (आरडिटि) सुरु भएको हो ।

आइतवार पहिलो परिक्षण घोराही कुइरेपानीमा रहेको क्वारेन्टाइनमा ३ जना, तुलसीपुरको रक्षाचौरको क्वारेन्टाइनमा रहेका १० जना र कोरोका विशेष अस्पताल वेलझुण्डीमा १ जनाको गरेर १४ जनाकै नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य प्रमुख सुनिता पौडेलले जानकारी दिइन् ।

पहिलो चरणमा क्वारेन्टाइनमा १४ दिन वसिसकेकालाई यस्तो परिक्षण गर्ने पनि प्रमुख पौडेलले वताइन् । उनले त्यसपछि क्वारेन्टाइनमा वसेका व्यक्तिका परिवारको परिक्षण गरिने वताइन् । हाल दाङ्गका क्वारेन्टाइनमा ४४ जना रहेका छन् ।


र्यापिड टेस्टले पोजेटिभ देखिए पनि त्यसको अन्तिम टेष्ट पिसिआर टेष्टबाट मात्रै गरिने पनि पौडेलले जानकारी दिइन् । उनले सोमबारदेखि हरेक पालिकाले आफै र्यापिड टेष्ट गर्ने पनि जानकारी गराइन् ।

र्यापिड टेष्टमा शंकास्पद व्यक्तिको रगत राखेको १५ मिनेटमै नतिजा आउने गर्दछ । सरकारले क्वारेन्टाइनमा वसेका सबैमा परिक्षण गर्नका लागि चिनबाट किट ल्याएको थियो । दाङ्गमा १ सय किट आएका छन् ।

आएसँगै तुलसीपुरको क्वारेन्टाइनबाट एकजनालाइ घर पठाइएको जनस्वास्थ्य निरिक्षक विमल केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस