मुख्यमन्त्री पाेख्रेल र प्रधानमन्त्री बिच के कुरा भयाे ?

खबरशाला संवाददाता

चैत २, २०७६

 

 

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्रीले केपी ओलीसँगको भिडियो कन्फ्रेन्समा सहभागी भएका छन् । त्यस अवसरमा प्रदेशमा कोरोना भाइरस रोकथाम तथा उपचारका लागि भइरहेका कामबारे प्रदेशस्तरमा जानकारी लिई तत्काल ध्यान दिनुपर्ने र गर्नुपर्ने कामबारे आवश्यक निर्देशन दिएको प्रदेश ५ को मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले नागरिकको जीवन सबैभन्दा ठूलो कुरा भएकोले त्यसैलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताएका थिए । उनले जननिर्वाचित सरकारभन्दा माथि कुनै संयन्त्र नहुने भन्दै सरकारका सबै संयन्त्र अहिले व्यवस्थित ढंगले परिचालन भएको बताए ।

प्रधानमन्त्रीसंग प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना विरुद्धको लडाईमा अहिलेसम्म भएका कामबारे जानकारी गराएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री कार्यालयका अनुसार मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई जानकारी गराएका बुदाहरु निम्नानुसार छन्ः

) प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचार कोष बनाएर योगदान गर्न प्रदेश सरकारले अपील गरेको र सरकारले १० करोड रुपैंया जम्मा गरेको ।

२) स्थानीय तहलाई परिचालन गर्न महत्व दिएको र भिडियो कन्फ्रेन्स गरी नियमित रुपमा एक अर्काको अनुभव आदानप्रदान गरिरहेको ।

३) एकीकृत सूचना प्रणाली तयार गरी प्रत्येक पालिकाको विवरण प्रदेशको नेटर्वकमा ल्याउन व्यवस्था मिलाएको ।

४) प्रदेशमा आइसियु सहितको चार वटा कोरोना विशेष अस्पताल स्थापना गरी उपचारको आवश्यक प्रबन्ध गरेको, अहिले प्रदेशमा ३ सय ४२ वटा क्वारेन्टाइन रहेको र त्यहा २ हजार ३ सय ५६ जना बस्न मिल्ने अवस्था रहेको ।

५) अहिले खेती स्याहार्ने र लगाउने समय भएकाले सामाजिक दुरी कायम गरी उत्पादनको काममा नागरिकलाई लाग्नका प्रेरित गर्न जरुरी रहेको ।

अन्त्यमा प्रधानमन्त्री ओलीले तीनै तहका सरकारको एकीकृत प्रयासले कोरोना विरुद्धको लडाई जित्न सकिने भएकाले उत्साहका साथ काममा जुट्न मुख्यमन्त्रीहरुलाई निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस