दाङ्ग आइपुग्यो र्यापिड परिक्षण किट , आइतबार बाटै सुरू हुने

चैत २, २०७६

तुलसीपुर । कोरोना संक्रमणको परिक्षणका लागि दाङ्गमै किट आइपुगेको छ । किट आएसँगै कोरोनाको र्यापिड परिक्षण अब दाङ्गमै हुने भएको छ । र्यापिड टेष्टका लागि क्वारेन्टाइनमा वसेका सबैको परिक्षण गरिनेछ ।

र्यापिड टेस्टका लागि शनिवारै १ सयवटा किट दाङ्ग आइपुगेको कोरोना विशेष अस्पतालका सूचना अधिकारी कमल चन्दले जानकारी दिए । उनले आइतबारबाटै परिक्षणलाई अगाडि वढाइने समेत वताए ।

र्यापिड टेस्टका नेगेटिभ देखिए एकसाता क्वारेन्टाइनमा वसालेर घर फर्काउने र पोजेटिभ देखिए आइसोलेसनमा राखेर स्वाब परिक्षण गरिने पनि चन्दले जानकारी दिए । स्वाब परिक्षण बुटवल या काठमाडौमा हुने व्यवस्था छ ।

दाङ्ग जिल्ला भरी अहिले ४४ जना क्वारेन्टाइनमा वस्दै आएका छन् । यो भन्दा अगाडि १४ दिन क्वारेन्टाइनमा वसिसकेकाको भने किटको अभावका कारण चेकजाँच नगरिने भएको छ । अन्यको भने आइतबारबाटै सुरु हुनेछ ।

कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले देशका ७७ वटै जिल्लामा र्‍यापिड डायग्‍नोस्टिक टेस्ट आरडीटी शुरू गर्ने भएकाे छ ।

प्रतिक्रिया दिनुहोस