तुलसीपुरमा हरेक दिन खाद्यान्न पसल खोलिने

चैत २, २०७६

शरद रेग्मी
तुलसीपुर ।
स्थानीय सरकार र प्रशासनको समन्वयमा आईतबारदेखि तुलसीपुर क्षेत्रका अति आवश्यक खाद्यान्नका पसलहरु प्रत्येक दिन बिहान ९ बजे सम्म खुल्ला रहने निर्णय गरिएको छ ।

शुक्रबार तुलसीपुर क्षेत्रमा सर्वसाधारणहरुको अत्याधिक भिड देखिए पछि हरेक दिन पसल खोल्न स्थानीयले दवाव दिएका थिए
जिल्ला प्रशासन कार्यालय,तुलसीपुर उद्योग बाणिज्य सघको समन्वयमा तुलसीपुर क्षेत्रका अति आवश्यक खाद्यान्नका पसलहरु सन्चालनमा आउने जानकारी गराईएको छ ।


यता स्थानीय प्रशासनले नागरिकहरुलाई अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन बारम्बार अपिल गरेको छ । कुनै कारणवस अति आवश्यक काम परेको खण्डमा स्थानीय प्रहरीसगंको समन्वयमा मात्रै बाहिर निस्कन अपिल गरेको छ ।
यता तुलसीपुर उद्योग बाणिज्य सघंका अध्यक्ष बिरु रावतले सामाजिक दुरी कायम गर्दै सर्वसाधारणहरुलाई किनमेल गर्न अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस