अमेरिकाबाट तुलसीपुरका बिपन्न ५० परिवारलाई खाद्यान्न सहयोग

चैत २, २०७६


शरद रेग्मी
दाङ  ।
लकडाउनका कारण भोकभोकै बस्न बाध्य भएका अतिविपन्न परिवारलाई तुलसीपुर १६ लालपुरका रेग्मी परिवारले खाद्यान्न सहयोग गरेका छन ।

तुलसीपुर उपमहानगरपालिकाले खाद्यान्न वितरणका लागि वनाएको फुड बैकमा हाल अमेरिकामा बस्दै आएका सर्मिला रेग्मी, सन्तोष रेग्मी र अवनिश रेग्मी तथा तुलसीपुर ५ निवासी पत्रकार चेतन रेग्मीले शनिवार एक कार्यक्रमका बिच तुल्सीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो ।

रिपोर्टस क्लव दाङको सहकार्यमा उपलब्ध खाद्यान्न क्लवका अध्यक्ष शरद रेग्मी र पत्रकार चेतन रेग्मीले संयूक्त रुपमा नगर प्रमुख पाण्डेलाई हस्तान्तरण गरेका थिए ।

स्थानीय प्रशासनले एकद्धार प्रणालीबाट खाद्यान्न वितरण गर्ने योजना अघी सारे सँगै नगरपालिका भित्र रहेका अतिविपन्न पचास घर परिवारलाई बाह्र सय पचास किलो चामल, एकसय किलो दाल र पचास किलो नुन सहयोग गरिएको हो ।


“खाद्यान्न अभावमा कोही पनि भोकै वस्न नपरोस् भनेर हामी आफैले पैसा उठाएर सहयोग गरेका हौं” अमेरिकामा रहेकी शर्मिला रेग्मीले भनिन् ।“यहाँ हामी पनि घरभित्रै बसिरहेका छौ । आपतकालीन समयमा सानो सहयोग गर्न पाउँदा धेरै खुसी लागेको छ ।” रेग्मीले भनिन् ।

प्रतिक्रिया दिनुहोस