लकडाउनकाे समयमा रातारात अवैध उत्खनन् , प्रहरीले सहयोग नगरेको स्थानीयको आरोप

चैत २, २०७६

 


तुलसीपुर । तुलसीपुरको वटोलपुरमा लकडाउनको गलत फाइदा उठाउँदै तस्करहरुले अवैध उत्खनन् गरिरहेको पाइएको छ । पातुखोलाको पूर्वतर्फको भागबाट लकडाउनको समयमा अवैधरुपमा रातको समयमा नदीजन्य पदार्थ तस्कर भइरहेको भन्दै प्रहरीले ५ वटा टिप्पर, एउटा स्काभेटर र एउटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ ।

दैनिक रुपमा अवैध उत्खनन् हुँदा पनि प्रहरीले चासो नदिएपछि बटोलपुरका स्थानीयहरुले शुक्रवार राती अवरोध सृजना गरेका थिए । गाउँलेहरुको हुलले उत्खनन्को वेलामा अवरोध गरेपछि तस्कर र गाउँलेका विचमा रातभर केही भनाभन समेत भएको स्थानीयले वताए ।

उनले प्रहरीलाई तत्काल खवर गरेपनि समयमै त्यहाँ नगएका कारण तस्करहरु भाग्न सफल भएको वताए । “१० वजे फोन गरेको १ वजे मात्रै प्रहरी आएको हो” एक स्थानीयले भने । उनले गाडिहरूकाे तस्विर समेत राखेकाे वताए ।

 


तस्करहरु भागिसकेपछि पुगेको प्रहरीले तुलसीपुर वडा नम्वर १० को वनगाउँबाट ना ८ ख ७९०७, ना ८ ख ६४०० ,रा १ ख २१६७, रा १ ख २२७७, प्रदेश २ ० ३ ००१ ख ०९६७ नम्बरको टिप्पर, रा १ ख ७६८ नम्वरको स्काभेटर र रा १ प ५७१७ नम्वरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

प्रहरीले गाडि नम्वरका वारेमा आधिकारीक जानकारी अझैसम्म नदिएपनि स्थानीयले सो को जानकारी दिएका हुन् । स्काभेटर भने इलाका प्रहरी कार्यालयमा ल्याइएको भएपनि अन्य भने खोलामै रहेका छन् ।

गाडी नियन्त्रणका विषयमा तुलसीपुर प्रहरी प्रमुखसँग कुरा गर्न खोजेपनि उनी विहान ८ वजेदेखि अपरान्ह १२ वजेसम्म सम्पर्कमा आउन चाहेनन् । उनका सहयोगीले अरु काममा व्यवस्त भएको जानकारी गराए ।

वडा नम्वर ८ का वडाध्यक्ष वेदु केसीले अवैध उत्खननका वारेमा प्रहरीलाई पटक पटक खवर गर्दा पनि प्रहरी मुकदर्शक वनेको वताए । उनले प्रहरीले नै अवैध दोहनलाई नियन्त्रण गर्न चासो नदेखाएकोमा आश्चर्य समेत प्रकट गरे ।


तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले प्रशासनलाई पटक पटक जानकारी गराउँदा पनि अवैध उत्खनन् नरोकिएकोमा आश्चर्य प्रकट गरे । उनले यस विषयमा तत्काल सवारी धनीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि वढाउन समेत निर्देशन दिएको वताए । उनले पक्राउ परेका गाडी र सवारी धनीलाई नियम अनुसार कारवाही हुने समेत वताए ।

लकडाउनका समयमा कुनै पनि विकास निर्माणको काम नभएपनि टिप्परहरुले चोरेर नजिकैको क्रसर उद्योगमा लग्ने गरेको एक स्थानीयले वताए ।

प्रतिक्रिया दिनुहोस