शुन्य गाउँपालिकाका क्वारेन्टाइन, विदेशबाट आएका घरमै

चैत २८, २०७६

दाङ-दाङ जिल्लाका दश गाउँपालिकाले दुई सय ७२ वेडको क्वारेन्टाइन बनाएका छन्। तर, ती क्वारेन्टाइन सुनसान छन्।

लकडाउन हुनुअघि ३ हजार ६ सय ३७ जना व्यक्ति भारत र अन्य देशबाट जिल्लाबाट आएको तथ्यांक रहेको छ।

यतिका धेरै मानिस जिल्लामा आए पनि ती व्यक्ति घर परिवार र समुदायमा हुँदा कोरोनाको संक्रमणको जोखिम छ। तर, यसतर्फ ध्यान दिइएको छैन।

क्वारेन्टाइनमा तुलसीपुर उपमहानगरपालिकाले २२ जना, घोराही उपमनागरपालिकाले १० जना, बंगलाचुली गाउँपालिकाले ७ जना, गढवा गाउँपालिकाले ६ जना, राजपुर गाउँपालिकाले तीनजना र बबइ गाउँपालिकाले दुईजना व्यक्तिलाई राखेका छन्।

लमही नगरपालिका, राप्ती, दंगीशरण र शान्तिनगर गाउँपालिकाले अझैंसम्म कोही पनि व्यक्तिलाई क्वारेन्टाइनमा राखेका छैनन्।

प्रतिक्रिया दिनुहोस