भालुको आक्रमणबाट चाैधरी घाइते

चैत २८, २०७६

 

ओमप्रकाश गुप्ता

देउखुरी ।  देउखुरीमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ सतवरियाका भीम चौधरी भालुको आक्रमणबाट घाइते भएका हुन् ।

शुक्रबार दिउँसो घरबाट स्याउला काट्न भनी जंगल गएको बेला चार वटा भालुको आक्रमणबाट घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइते चौधरीको खुट्टामा भालुले चिथोरेको घाउ रहेको छ । दुईवटा माउ र दुईवटा बच्चा भालुले आक्रमण गरेको घाइते चौधरीले बताए । बन्चरो र खुर्पाले भालुलाइ  हानेर  भाग्न  सफल भएको घाइते चौधरीले बताए । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस