दाङ्गका सबै कोरोना रिपोर्ट नेगेटिभ

चैत २८, २०७६


खवरशाला संवाददाता
तुलसीपुर । कोरोना विशेष अस्पताल बेलझुण्डीबाट स्वाब परिक्षणका लागि पठाइएका ८ जनाको नतिजा पनि नेगेटिभ आएको छ । योसँगै त्यहाँबाट अहिलेसम्म पठाइएका २० वटा नमुनाको नतिजा नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।
भारतबाट गौरफन्टा नाका हुँदै आएका ७ जना सहित २० जनाको स्वाब परिक्षणका लागि नमुना पठाइएको कोरोना विशेष अस्पताल वेलझुण्डीका सदस्य सचिव डा सर्वेश शर्माले जानकारी दिए । उनका अनुसार हिजो नै १२ जनाको नेगेटिभ नतिजा आइसकेको थियो ।
योसँगै अहिलेसम्म दाङ्गबाट पठाएका सबै नतिजाहरु नेगेटिभ आएका छन् । यसभन्दा अगाडि कोरोना अस्पताल वेलझुण्डीबाट पठाएका १५ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीबाट पठाएका ५ जनाको नतिजा नेगेटिभ आएको थियो । योसँगै दाङ्गवाट अहिलेसम्म पठाएका ४० वटै नतिजा नेगेटिभ आएका छन् ।

प्रतिक्रिया दिनुहोस