बजारको भिड र कोरोनाको सन्त्रास

सम्पादकीय

चैत २८, २०७६

संसारमा कोरोना भाइरसको संक्रमण १ जनाबाट मात्रै सुरुवात भएको हो । वजारको बाक्लो भिडमा एक जनामा मात्रै कोरोना रहेछ भने पनि त्यसले सारा वजारलाई नै संक्रमित वनाउन सक्छ ।

लकडाउनको १८ औ दिनसम्मको अवस्थालाई हेर्ने हो भने नेपालले कोरोना भाइरसका कारण ठूलो मानविय क्षति व्यहोर्नु पर्ने अवस्था देखिदैन । सामान्य तयारीका वावजुद पनि सरकारले समयमै गरेको लकडाउनका कारण यसको संक्रमण सतहमै देखिन्छ । अवश्य पनि यो हामी सबैका लागि खुसीको कुरा हो । तथापि यसको संक्रमणबाट अहिले नै निर्धक्क हुनुपर्ने अवस्था भने छैन ।

कुनै पनि खालको औषधि पत्ता नलागेको कोरोना भाइरसबाट जोगिने वलियो आधार भनेको आत्मअनुशासन नै हो । एक अर्काका विचमा दुरी कायम गर्नुका साथै भिड हुने ठाउँमा नजानु नै यसबाट जोगिने मुख्य उपाय हो । सरकारले यही कारणले गर्दा नै लकडाउनको घोषणा गरेको हो । लकडाउनको पालनाका साथै दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नपाओस् भनेर स्थानीय प्रशासनहरुले खाद्यान्नका लागि समय तोकेर वजारलाई केही खुकुलो पारेका छन् । जसले गर्दा जनताले निरन्तर उपभोग्य सामानहरु पाइरहेका छन् ।

सामान्य अवस्थामा जस्तै उपभोक्ताहरुले कुनै पनि सुरक्षा अवस्था नअपनाएर सामान भिडभाडमै किनेको देखियो ।

वजार नियमित खोल्दा संक्रमणको प्रकोप फैलने सम्भावना हुने भएकाले प्रशासनले केही दिनलाई मात्रै खोल्नका लागि आव्ह्वान गर्यो तर वजारको अवस्था हेर्दा यो पनि निकै जटिल देखियो । उपभोग्य वस्तु किन्ने क्रममा उपभोक्ता या पसलेले जुनखालको सुरक्षा संयमता अपनाउने हो त्यो देखिएन । सामान्य अवस्थामा जस्तै उपभोक्ताहरुले कुनै पनि सुरक्षा अवस्था नअपनाएर सामान भिडभाडमै किनेको देखियो । अझ त्यसमा पनि स्टोर गर्ने हिसाबले धेरै मात्रामा किनेको देखिन्छ ।

प्रशासनले आव्ह्वान गरेको कुरालाई पालना नगरेर मनोमानी ढँँगले भिडभाडका साथमा सामान किनवेच गर्ने हो ने लकडाउनको अर्थ के हो र ? लामो समयसम्म घरभित्रै वसेर केही क्षण मात्रै भिडभाडमा गइयो भने लामो समयसम्म घरभित्रै वस्नुको कुनै पनि अर्थ रहदैन । हामीले पाइला पाइलामा सुरक्षा व्यवस्था अपनाउनुपर्ने देखिन्छ ।

आज लापरवाही गरेर हामीले संक्रमण फैलाए भोलि केही पनि रहदैन भन्ने कुरामा सबै सचेत हुनु नितान्त आवश्यक छ ।

संसारमा कोरोना भाइरसको संक्रमण १ जनाबाट मात्रै सुरुवात भएको हो । वजारको बाक्लो भिडमा एक जनामा मात्रै कोरोना रहेछ भने पनि त्यसले सारा वजारलाई नै संक्रमित वनाउन सक्छ । यस क्षेत्रमा आएका मानिसहरुको अझै सबैको पहिचान हुन सकेको छैन । खुलानाकाका कारण अवैध वाटो प्रयोग गरेर नेपाल आउनेहरुको लावालस्कर नै छ । यसरी पुरै क्षेत्रको पूर्णत आँकलन नगरेर भिडभाडको अवस्था सृजना गर्दा हामीलाई नै जोखिम पर्ने हो ।

कोरोना संक्रमणको अहिलेको सामान्य अवस्थामा संक्रमित हो या होइन भन्ने कुराको ल्याव परिक्षण गर्नमा त सरकारले लामो समय लगाएको छ भने साच्चै भयावह अवस्था आयो भने के होला ? आज मिठो नखाए पनि हुन्छ , राम्रो नलगाए पनि हुन्छ ? रहरका कुरा मारे पनि हुन्छ तर आज लापरवाही गरेर हामीले संक्रमण फैलाए भोलि केही पनि रहदैन भन्ने कुरामा सबै सचेत हुनु नितान्त आवश्यक छ ।

भिडलाई नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनले हरेक दिन केही घण्टा वजार खोलेर त्यसको वलियो अनुगमन गर्नुपर्दछ । यसका साथै उपभोक्ताहरुले पनि स्वयम् आफ्ना लागि आफै सजगता अपनाउनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस