कोरोना संक्रमितको संख्या १६ लाख नाघ्यो, साढे ९५ हजार बढीको मृत्यु

चैत २८, २०७६

एजेन्सी 

तुलसीपुर । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या साढे ९५ हजार भन्दा बढी पुगेको छ।

वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्कअनुसार बिहीबारसम्म विश्वमा १६ लाख ३ हजार १ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। सोही अवधिमा ९५ हजार ६ सय ९३ जनाको मृत्युको कारक कोरोना भाइरस बनेको छ।

संक्रमितमध्ये हालसम्म ३ लाख ५६ हजार ४ सय ४० जना उपचारपछि निको भइ अस्पतालबाट घर फर्केका छन्। अहिले विश्वका २ सय ९ देश तथा क्षेत्रमा कोरोना भाइरसका ११ लाख ५१ हजार ३१ जना बिरामी उपचारत छन्। यीमध्ये ४९ हजार १ सय २५ को अवस्था गम्भीर रहेको छ भने ११ लाख १ हजार ९ सय ६ को अवस्था सामान्य रहेको छ।

नेपालमा हालसम्म ९ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ। यीमध्ये १ जनाको उपचारपछि निको भइसकेको छ भने बाँकी ८ जना अहिले उपचारत छन्।

कोरोना भाइरस विश्वमा पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका २ सय ९ देश तथा क्षेत्रमा फैलिसकेको छ। अहिले विश्वमा सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा रहेको भने मृत्यु इटालीमा भएको छ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित देशमा अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स, चीन, इरान, बेलायत, टर्की, बेल्जियम, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड्स, क्यानडा, ब्राजिल, पोर्चुगल र अष्ट्रिया रहेका छन्।

अमेरिकामा हालसम्म ४ लाख ६८ हजार ५ सय ६६ जनामा कोरोना भाइसको संक्रमण भएको पुष्टि भइसकेको छ, जसमध्ये १६ हजार ६ सय ९१ जनाको मृत्यु भइसकेको छ। स्पेनमा देखिएका १ लाख ५३ हजार २ सय २२ कोरोनाका संक्रमितमा १५ हजार ४ सय ४७ जनाको मृत्यु भएको छ। इटालीमा कोरोना संक्रमितको संख्या १ लाख ४३ हजार ६ सय २६ पुगेको छ। यीमध्ये १८ हजार २ सय ७९ जनाको मृत्यु भएको छ।

जर्मनीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख १८ हजार २ सय ३५ पुगेको छ, जसमध्ये २ हजार ६ सय ७ जनाको मृत्यु भएको छ। फ्रान्स्मा १ लाख १७ हजार ७ सय ४९ संक्रमित रहेकोमा १२ हजार २ सय १० जनाको मृत्यु भएको छ। चीनमा कूल कोरोना संक्रमितको संख्या ८१ हजार ९ सय ७ रहेको छ। यीमध्ये ३ हजार ३ सय ३६ जनाको मृत्यु भएको छ।

इरानमा कोरोना भाइरस संक्रमितको संख्या ६६ हजार २ सय २० पुगेको छ, जसमध्ये ४ हजार १ सय १० जनाले ज्यान गुमाइसकेका छन्। बेलायतम संक्रमितको संख्या ६५ हजार ७७ रहेकोमा ७ हजार ९ सय ७८ जनाको मृत्यु भइसकेको छ। टर्कीमा ४२ हजार २ सय ८२ जनामा कोरोनाको संक्रमण देखिएको छ। यीमध्ये ९ सय ८ जनाको मृत्यु भएको छ।

बेल्जियममा कोरोना भाइरसका संक्रमितको संख्या २४ हजार ९ सय ८३ रहेको छ, जसमध्ये २ हजार ५ सय २३ जनाको मृत्यु भइसकेको छ। स्वट्जरल्याण्डमा २४ हजार ५१ संक्रमित रहेकोमा ९ सय ४८ जनाको मृत्यु भएको छ। नेदरल्याण्ड्मा कोरोना संक्रमित २१ हजार ७ सय ६२ पुगेको छ। यीमध्ये २ हजार ३ सय ९६ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस