तुलसीपुर उपमहानगरका कर्मचारीले गरे राहत कोषमा १८ लाख बढि सहयोग

चैत २८, २०७६

खबरशाला संवाददाता 

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुले कोरोना विपद् व्यवस्थापन राहत कोषमा सहयोग गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायको अध्यक्षतामा वसेको बैठकले विपन्न वर्गको घरमा सहजै खाद्यान्न उपलब्ध होस् भन्नका लागि यस्तो सहयोग गरेको हो ।

वैठकले गरेको निर्णय अनुसार उपमहानगरपालिकाका सबै कर्मचारीबाट १८ लाख २४ हजार ६ सय ३० सहयोग गरिने भएकाे हाे ।  श्रेणीयुक्त कर्मचारीले १० दिन बराबरको तलब र श्रेणीविहिन कर्मचारीले ५ दिन बराबरको तलव कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

जनस्वास्थ्य शाखाका कर्मचारी स्वयम् कोरोना संक्रमणको प्रकोप नियन्त्रणमा खटिरहने भएकाले उनीहरुबाट नगद सहयोग नलिएको पनि प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले जानकारी दिए ।

उपमहानगरपालिकाको राहत कोषमा एकै पटक यति धेरै पैसा जम्मा भएको पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस