चेम्बरद्वारा सुरक्षाकर्मी,पत्रकार र स्वयंसेविकालाई मेडिकल मास्क प्रदान

चैत २७, २०७६

ओमप्रकाश गुप्ता

सिसहनियाँ  । दाङको एक संस्थाले कोरोना संक्रमणबाट सुरक्षित रहन सुरक्षाकर्मी,पत्रकार र महिला स्वास्थ्य स्वयमसेविकालाई बिहीबार मेडिकल मास्क उपलब्ध गराएको छ ।

दाङ जिल्ला चेम्बर अफ कमर्सले उपलब्ध गराएको ५ सय पिस मास्क राप्ती गाउँपालिका चेम्बर अफ कमर्सलाई उपलब्ध गराएपछि चेम्बरका अध्यक्ष कुमार अधिकारी र उपाध्यक्ष मनु बेल्वासेले संयुक्त रूपमा प्रहरी चाैकी सिसहनियाँका प्रमुख तथा प्रहरी नायव निरिक्षक गोपालकुमार मल्ल, महिला स्वास्थ्य स्वमसेविका श्यामा रावत र नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य तथा पत्रकार ओमप्रकाश गुप्तालाई प्रदान गरेका छन् ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ बाट बच्न र बचाउन सरकारले लकडाउन लागु गरेपछि सुरक्षामा खटिने प्रहरी,रिपोर्टिङमा खटिने पत्रकार र स्वास्थ्यमा खटिने महिला स्वास्थ्य स्वमसेविका बढी जोखिममा पर्ने भएकाले सो मास्क प्रदान गरेको चेम्बरले बताएको छ ।

चेम्बरले लकडाउन भए यता नियमित रूपमा मास्क प्रदान,अलपत्रमा परेकाहरूलाई खाना खुवाउने र गन्तव्यमा पठाउने,वडा वडामा कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक माइकिङ,व्यानर टाँस गर्ने काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस