राप्ती गाउँपालिकामा सर्वहित सहकारीको राहत रकम सहयोग

चैत २७, २०७६

 

ओमप्रकाश गुप्ता

देउखुरी ।  देउखुरीको राप्ती गाउँपालिकालाई सर्वहित बचत तथा ऋण सहकारी संस्था लि. माैरीघाटले नगद राहत रकम सहयोग गरेको छ । संस्थाका अध्यक्ष राजेन्द्र चाैधरी र व्यवस्थापक शिशिर चाैधरीले संस्थाको संस्था विकास कोषबाट नगद २५ हजार १५ रूपैयाँ बिहीबार राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा जम्मा गर्ने गरि गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई हस्तान्तरण गरेका छन् ।

राहत रकम बुझ्दै अध्यक्ष सुवेदीले अहिले सबै क्षेत्र एकजुट भएर कोरोना कहरवाट बच्नु र बचाउनु गर्ने बेला भएकोले निजी क्षेत्रवाट पनि सहयोगको अावश्यकता परेको बताएका छन् ।

साथै अध्यक्ष सुवेदीले सहयोग गर्न चाहानेले गाउँपालिकाको बैक अफ काठमाण्डौ भालुवाङ शाखामा रहेको ग–७–२ स्थानीय तह प्रकोप ब्यवस्थापन कोषको खाता नम्बर ०१५४०००००२६७५२४ मा नगद तथा गाउँपालिकामै आएर जिन्सी सामग्री प्रदान गर्न समेत गाउँपालिकाले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस