महिला सामुदायिकद्धारा दुइ लाखको राहत प्रदान

चैत २७, २०७६

 

खबरशाला संवाददाता 

दाङ, चैत्र २७ । महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेड घोराही दाङले कोरोनाको कहर न्युनिकरणका लागि दाङका विभिन्न स्थानीय तहमा गरी एकै दिन दुई लाखको राहत प्रदान गरेको छ ।

बिश्वब्यापी रुपमा फैलिएको कोभिड—१९ तथा कोरोना भाइरसका कारण भएको लकडाउन वाट समुदायले भोग्नु पारेको समस्या कम गर्ने उदेश्यका साथ संस्थाले निरन्तर सहयोग प्रदान गर्दै आइरहेको छ । यसै क्रममा विहिवार मात्रै दुइ लाख राहात वितरण गरेको संस्थाका वरिष्ठ प्रवन्धक लोकमणी रेग्मीले जानकारी दिए । संस्थाले गढावा, राप्ती गाउँपालिका र लमही नगरपालिकालाई गरी एक लाख ५० हजार नगद र बबई गाउँपालिकालाई १० क्वीइन्टल चामल गरी दुई लाख सहयोग प्रदान गरेको हो ।

कोरोना भाइरसका कारण भएको लक डाउनवाट समस्यामा परेका दाङ, सल्यान, प्यूठान, रोल्पा, कपिलबस्तु र रुपन्देही जिल्लाहरुमा सामुदायिक सचेतना प्रदान गरि सामाजिक सदभाब बढाउने तथा बिपन्न परिवारको दैनिकीमा सरलता ल्याउने उदेश्यका साथ राहत प्रदान गरेको संस्थाका प्रमुख कार्यकारी निर्देशक विमला योगीले जानकी दिइन् ।

बिपत ब्यवस्थापन कोषमा जम्मा हुनेगरी लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर के।सी।लाई संस्थाका बरिष्ठ अधिकृत रमेश अधिकारी ५० हजार, राप्ती गाउँपालिका प्रमुख नुमाराम पोख्रेललाई संस्थाका बरिष्ठ अधिकृत रमेश अधिकारीले ५० हजार, गढवा गाउँपालिका प्रमुख सहजराम यादबलाई संस्थाका लेखापाल निमर्ला पाण्डेयले ५० हजार नगद प्रदान गरे ।

त्यसैगरी बबई गाउँपालिकाका लाई संस्थाका सञ्चार अधिकृत देविराम कुसारीले प्रदान गरेका थिए। संस्थाको दाङका सवै तहलाई राहत प्रदान गर्ने संस्थागत निर्णय अनुसार बंगलाचुली गाउँपालिका वाहेक सबैलाई राहत प्रदान गरेको अधिकृत कुसारीले जानकारी दिए  । बंगलाचुली गाउँपालिकालाई पनि छिट्टै राहत प्रदान गर्ने तयारी रहेको संस्थाका परिष्ठ प्रवन्धक पवन योगीले जानकारी दिए । संस्थाको सानो सहयोगलाई सहजै स्वीकारेकोमा संस्थाका प्रमुख कार्यकारी निर्देशक विमला योगी सवै स्थानिय तहलाई धन्यवाद दिइन् ।

प्रतिक्रिया दिनुहोस