तुलसीपुर क्वारेन्टाइनमा १७ जना, ४ लाई पठाइयो बेलझुण्डी

चैत २७, २०७६

खबरशाला संवाददाता

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले विदेशबाट आएका शंकास्पद व्यक्तिहरुलाई राख्नका लागि वनाइएको क्वारेन्टाईनमा २१ जना पुगेका छन् । जसमध्ये भारतभन्दा अन्य मुलुकबाट आएका ४ जनाको स्वाब परिक्षणका लागि बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा लगिएको छ भने अन्य १७ जनालाई क्वारेन्टाइनमै राखिएको जनस्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक विमल केसीले जानकारी दिए ।

उपमहानगरपालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा विभिन्न देशबाट आएका शंकास्पद व्यक्तिहरुलाई राख्ने गरिएको पनि केसीले वताए । उनले सरकारले तोके अनुसार क्वारेन्टाइनमा वस्नेहरुले अनिवार्यरुपमा २१ दिनसम्म वस्नुपर्ने पनि वताए । क्वारेन्टाइनमा वस्नेहरुका लागि उपमहानगरपालिको उपयुक्त कोठा,खाना, खाजा, इन्टरनेट लगायतको विभिन्न सुविधाको पनि व्यवस्था गरेको उनले जानकारी दिए ।

क्वारेन्टाइनमा राखिएको सबैको स्वाब परिक्षण पश्चात मात्रै घरमा पठाइने पनि उनले जानकारी गराएका छन् । कोरोना संक्रमणको प्रकोप फैलिएसँगै उपमहानगरपालिको १ सय वेडको क्वारेन्टाइन वनाएको थियो ।

प्रतिक्रिया दिनुहोस