लकडाउनकाे बेला सामुदायिक वनमा ५५ वटा सिसाैका रुख काटिए !

चैत २६, २०७६

खबरशाला संवाददाता 

तुलसीपुर  । लकडाउनको माैका छोपी दाङको दंगीशरण गाउँपालिकाको सिमठाना सामुदायिक वन क्षेत्रमा ५५ वटा सिसाैका रुख काटिएका छन् ।

घटनामा संलग्न २ जना करिव एक हजार क्यूफिट सिसाैको काठसहित पक्राउ परेका छन । सहायक वन अधिकृत खिमबहादुर केसीको नेतत्वमा गएको डिभिजन वन कार्यालय दाङको नियमित गस्तीले सिमठाना सामुदायिक वन क्षेत्रमा अवैध रुपमा काटिएका ५५ थान रुखसहित घटनामा संलग्न भएको आशंकामा २ जनालाई पक्राउ गरेको छ ।

घटनास्थलको प्रकृति हेर्दा घटनामा जसको संलग्नता भएको भएपनि वनको संरक्षण, सम्बर्द्धन तथा सदुपयोगको जिम्मा पाएको समूहका कार्य समिती पदाधिकारीहरुको लापरवाही देखिएको सहायक वन अधिकृत केसीले जानकारी दिए ।

कटान क्षेत्रमा रहेका काठ दाउरा बरामद गरिए पनि लक डाउनका कारण ढुवानी गर्न असहज भएकोले सम्बन्धित समूहका जिम्मेवार पदाधिकारीहरुको जिम्मा लगाइएको दंगीशरण सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दयाराम पौडेलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस