लकडाउन उल्लंघन गर्ने  प्रहरी होल्डमा

चैत २६, २०७६

 

ओमप्रकाश गुप्ता 

भालुवाङ ।

कोरोना भाईरस (कोभिड-१९) संक्रमण फैलिन नदिन तथा रोकथामको लागि जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको सुचनाको अवज्ञा गरेको भन्दै दाङ प्रहरीले बुधबार १३ पुरूष र ८ महिला गरी २१ जना व्यक्तिहरूलाई प्रहरी होल्ड मार्फत नियन्त्रणमा लिइ सम्झाई बुझाई गरी छोडेको छ।

साथै प्रहरीले बुधबार मात्र ट्याक्टर १, ट्रक १,जिप १,मोटरसाइकल .२६,स्कुटर ५ गरि जम्मा ३४ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

यसै बिच प्रहरीले लक डाउन कोरोना भाईरस (कोभिड-१९) प्रसार रोक्नको लागी अत्यन्तै जरूरी एवं आवश्यक भएकोले लक डाउन अवधिभरको लागि जारी गरीएको सुचनाको पालना गरिदिन हुन अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस