लकडाउनमा पत्रकार बनेर मोटरसाइकल चलाउने पक्राउ

चैत २६, २०७६

खबरशाला संवाददाता 

तुलसीपुर– लकडाउनमा नक्कली पत्रकार बनेर मोटरसाइकल चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

तुलसीपुर उप–महानगरपालिका वडा न–६ हात्तीखौवा स्थित सडक खण्डमा ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा वडा नम्बर १७ बस्ने २८ वर्षीय मेघराज सुनारलाई पक्राउ गरेको हो।

वा ८७ प १००६ नम्बरको मोटरसाईकलसहित उनलाई पक्राउ गरिएको हो। पत्रकार हुँ भन्दै अर्कै व्यक्तिको परिचयपत्र बोकेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अर्कै व्यक्तिको परिचयपत्र साथमा राखेर नक्कली पत्रकार बनेर प्रहरीलाई झुक्याएको पाइएपछि सुनारलाई पक्राउ गरिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस