संस्थागत विद्यालयहरूद्वारा राप्ती गाउँपालिकालाई राहत रकम प्रदान

चैत २६, २०७६

ओमप्रकाश गुप्ता

लमही ।  दाङको राप्ती गाउँपालिका स्तरीय प्याब्सन तथा एन प्याब्सनमा अावद्व संस्थागत विद्यालयहरूले बुधबार एक कार्यक्रमका बिच राप्ती गाउँपालिकालाई ६१ हजार १ सय ११ रूपैयाँकाे राहत रकमकाे चेक हस्तान्तरण गरेका छन् ।

विश्व व्यापी रूपमा फैलिएको काेराेना भाइरस (कोभिड १९) का कारण राप्ती गाउँपालिका क्षेत्रका गरिव, विपन्न,अशक्त ,असाहाय तथा दैनिक ज्यालादारी गर्ने नागरिकलाई लकडाउनको अवस्थामा राहत उपलब्ध गराउन तथा कोरना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार गर्ने उदेश्यका साथ संस्थागत विद्यालयहरूबाट संकलित एक मुष्टरूपमा संकलन गरिएको हाे ।

सो रकमको चेक स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्न गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीलाई एन प्याब्सनका जिल्ला सहसचिव विक्रान्त ज्ञवाली र प्याब्सन राप्ती गाउँपालिकाका संयोजक तेजबहादुर विष्टले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस