मुख्यमन्त्रीलाई गाली गर्ने केसीले माफी मागे

चैत २५, २०७६

तुलसीपुर ।  तुलसीपुर निवासी हरि केसीले केही समय अघि प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेललाई सामाजिक सञ्जालमा गाली गरेको भन्दै उक्त कुराको माफी मागेका छन् ।

उनले  मुख्यमन्त्रीका बारेमा अनलाइनले प्रकाशित  गरेकाे समाचारमा ‘कमेन्ट’ गरेर गाली गलौज गरेका थिए । जुन  कमेन्ट अहिले मेटाईएको छ ।

‘न्यू क्लियर’ नाम दिएर आफ्नो फेसबुक चलाईरहेका केसीले मुख्यमन्त्रीको कुरा नै नबुझि अञ्जानमा र आबेगमा आएर असभ्य र अपशब्द प्रयोग गरि गाली गलौज गरेको स्वीकार गरि माफी मागेका छन् । उनले आगामी दिनमा यस्तो गालीगलौज नगर्ने भन्दै माफी समेत मागेका छन् ।

एक विज्ञप्ती प्रकाशित गरेर उनले माफी मागेका हुन् ।

प्रतिक्रिया दिनुहोस