कक्षा ११ र १२ को परीक्षा स्थगित

चैत २५, २०७६

तुलसीपुर । सरकारले कक्षा ११ र १२ को परीक्षा पनि स्थगित गरेको छ । कोरोना भाईरसको जोखिम नियन्त्रण गर्नका लागि परीक्षा स्थगित गरिएको हो । अर्को सूचना जारी नभए सम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । मंगलबार बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पोडैलले जानकारी दिए ।

कक्षा १२ को परीक्षा बैशाख ८ र ११ को परीक्षा बैशाख २१ गतेका लागि तोकिएको थियो ।

कक्षा ११ र १२ को परीक्षाका लागि प्रश्नपत्र छापेर तयारी हालतमा थियो भने ढुवानीको काम बाँकी थियो । परीक्षाका लागि देशभर १ हजार १ सय ४७ केन्द्र निर्धारण गरिएको थियो । परीक्षामा दुबै कक्षामा गरी ९ लाख ६२ हजार विद्यार्थी सामेल हुँदै थिए ।

कोरोना सक्रमणको जोखिम नियन्त्रण गर्न सरकारले यस अघि नै एसईई परीक्षा पनि स्थगित गरेको छ ।

कोरोनाको जोखिम नियन्त्रणका लागि भन्दै सरकारले देशमा गरेको लकडाउनको म्याद बैशाख ३ गते सम्म लम्ब्याएको छ । मंगलबार मात्रै  नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले आगामी २ साता थप चुनौतीपूर्ण रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस