एन प्याब्सनले दियो राहत कोषमा १ लाख वढि सहयोग

चैत २५, २०७६

तुलसीपुर । कोरोना संक्रमणको प्रकोप व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको राहत कोषमा एन प्याब्सन तुलसीपुरले सहयोग गरेको छ ।

गरिब तथा निम्न आय भएका व्यक्तिहरुलाई खाद्यान्न सहजै उपलब्ध गराउन सकियोस् भन्नका लागि १ लाख १ हजार १ सय ११ रुपैया कोषमा हस्तान्तरण गरिएको थियो । नगर अध्यक्ष शालिकराम कार्कीले एन प्याव्सनमा आवद्ध विभिन्न विद्यालयबाट संकलन गरिएको रकम नगरप्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन् । उनले रकमको सही सदुपयोग हुने कुरामा आशा व्यक्त गरे ।

सहयोग गर्ने सबैलाई धन्यवाद दिदै नगरप्रमुख पाण्डेले रकमको उचित सदुपयोग गरेर विपन्न वर्गका जनतालाई राहत वितरण गर्ने प्रतिवद्धता जनाएका थिए । रकम हस्तान्तरण कार्यक्रममा केन्द्रीय सदस्य प्रकाशकुमार शर्मा, दाङ्ग जिल्ला अध्यक्ष विमल गौतम र उपाध्यक्ष भोजराज न्यौपानेको पनि सहभागिता रहेको थियो ।

नेपाल इन्भेष्टमेन्ट वैकमा रहेको विपद् व्यवस्थापन कोषको ०३१०१०४०२५१८६० नम्वरको खातामा रकम जम्मा गरेर कोषलाई सहयोग गर्न सकिने उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेले वताए ।

उनले फुड वैकमा खाद्यान्न लगायतको जिन्सी समेत सहयोग गर्न सकिने वताए ।
उपमहानगरपालिकाले कोरोना सचेतना, क्वारेन्टाइन निर्माण, विपन्नलाई राहत वितरण लगायतका विभिन्न कामहरु गरिरहेको छ । आपतको समयमा सहयोग गर्नका लागि नगरप्रमुख पाण्डेले सबैलाई आव्ह्वान समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस