तुलसीपुरमा अब हप्तामा ३ दिन मात्रै पसल खुला हुने

चैत २५, २०७६

तुलसीपुर, २५ चैत ।

विश्वभर माहामारीका रुपमा फैलिकएको लकडाउन लम्बिए संगै दाङ प्रशासनले तुलसीपुर बजार क्षेत्रमा हप्तामा तिन दिन मात्रै पसल खुला गर्न भनेको छ । यस अघि प्रशासनले जिल्लामा लकडाउनको अवधीमा दैनिक तिन घण्टा खाद्यन्न तथा तरकारी बजार खुला गर्न दिएको थियो । तर दैनिक विहान र साँझको समयमा मानिसहरु घर बाहिर निस्कने र भिडभाड हुने भएपछि लकडाउनलाई कडाई गदै अब भने हप्तामा तिन दिनै विहान दुई घण्टा मात्रै अत्यावश्यक सामानहरुको पसल खुला गर्न भनेको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिएका छन् ।

उनका अनुसार आइतवार, मंगलवार र शुक्रवार मात्रै विहान ७ बजेदेखि ९ बजे सम्म अत्यावश्यक खाद्यन्न तथा तरकारी पसल खुला गर्न समय तोकीएको हो । यस बाहेक अन्य समयमा घरभित्रै बस्न उनले आग्रह गरेका छन् ।

सरकारले लकडाउन गरेपनि यो नियम सवैको स्वास्थय संग जोडिएको भन्दै सवै गम्भिर भएर पालना गर्नुपर्ने उनको भनाई छ । जिल्लाको ठुलो शहर घोराही र तुलसीपुर मध्ये घोराहीमा २४ सै घण्टा लकडाउन भएको छ ।

जिल्लाका अन्य पालिकासंग समन्वय गरी पुर्ण रुपमा लकडाउन गर्ने योजना बनाईएको प्रजिअ रिजालले बताएका छन् । जिल्लामा अत्यावश्यक सवारी साधन र नागरिकलाई निर्वाध रुपमा आवतजावत गर्न दिने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस