तुलसीपुरमा २ सय वेडको क्वारेन्टाइन वनाइने

चैत २५, २०७६


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले २ सय जनालाई लक्षित गरेर क्वारेन्टाइन विस्तार गर्ने भएको छ । वडा नम्वर ४ को रक्षाचौरमा रहेको गुरुजजुर माविमा अहिले ५० वेडको क्वारेन्टाइन सञ्चालन भइरहेको छ । नेपाली सेनाले थप ५० वटा वेडका लागि सहयोग गर्ने भएपछि १ सय वेडको क्वरोन्टाइन तत्काल सञ्चालन हुने भएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

यसैविच तुलसीपुरमा रहेको १९ नम्वर वाहिनीका वाहिनीपति सुनिल भण्डारी र नगरप्रमुख पाण्डेले क्वारेन्टाइनको निरिक्षण गरेका छन् । निरिक्षणका क्रममा वाहिनीपति भण्डारीले टेन्ट र वेड लगायतका विभिन्न सामग्री सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सो क्रममा क्वारेन्टाइनमा रहेका सबैसँग त्यहाँको अवस्थाका वारेमा जानकारी समेत लिइएको थियो ।

संक्रमणको अवस्था हेरेर क्वारेन्टाइनमा २ सय सम्मको वेड व्यवस्था गरिने पनि नगरप्रमुख पाण्डेले वताए । क्वारेन्टाइनको निरिक्षण गर्दै नगरप्रमुख पाण्डेले त्यहाँ वस्नेलाई सबै सुविधा उपलब्ध गराउन निर्देशन दिएका थिए । अहिले क्वारेन्टाइनमा १३ जना वस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस