प्रदेश ५ मा कोरोना आशङ्‍कामा २६ जना आइसोलेसनमा, ९३ जनाको रिपोर्ट ‘नेगेटिभ’

चैत २४, २०७६

तुलसीपुर । प्रदेश ५ मा कोराना आशङ्‍कामा २६ जनालाई विभिन्न अस्पतालको आइसोलेसनमा राखिएको छ।

चारवटा आइसोलेसन विशेष अस्पतालमा १३ जना र अन्य अस्पतालमा १३ जनाको उपचार भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रदेशभर १ सय ५८ जनालाई कोराना भाइरस (कोभिड-१९) को लक्षणका आधारमा आइसोलेसनमा राखेर उपचार गरिएको छ। यसमध्ये १ सय २२ जनाको कोभिड १९ थ्रोट स्वाब परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरीले बताए।

सोमबारसम्म प्रदेशभर स्वाब परीक्षण भएकोमा कसैमा पनि कोराना संक्रमण देखिएको छैन। ९३ जनाको ‘नेगेटिभ’ रिपोर्ट आएको निर्देशनालयले जनाएको छ। परीक्षण गरिएका २९ जनाको भने रिपोर्ट आउन बाँकी छ। राष्ट्रिय प्रयोगशाला र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण भइरहेको निर्देशक गिरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस