तुलसीपुरका १० वडामा राहत वितरण, २ हजार परिवारको घरमा वल्यो चुलो

चैत २४, २०७६

वडा नम्वर १ मा १६२, वडा नम्वर २ मा ७०, वडा नम्वर ३ मा ५०६, वडा नम्वर ५ मा ११८, वडा नम्वर ६ मा ४ सय ६८, वडा नम्वर १० मा ३१, वडा नम्वर १३ मा २३८, वडा नम्वर १५ मा १५०, वडा नम्वर १६ मा ५६ र वडा नम्वर १८ मा २०० घर परिवारलाई राहत वितरण गरिएको छ ।

तुलसीपुर । कोरोना संक्रमणको प्रकोपका कारण सरकारले लकडाउन गरेपछि काममा जान नपाएका ज्याला मजदुरहरुलाई तुलसीपुर उपमहानगरपालिकाले राहत वितरण गरेको छ । खाद्यान्नको अभावमा कोही पनि भौकै वस्न नपरोस् भनेर कार्यविधि वनाएर यस्तो राहत वितरण गरिएको हो । सरकारले घोषणा गरे अनुसार हरेक दिन कमाइ गरेर पेट पाल्ने मजदुरहरुलाई खाद्यान्न सहित अन्य राहत दिइएकोे नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

१९ वटा वडा रहेको उपमहानगरपालिकामा अहिलेसम्म १० वटा वडामा राहत वितरण गरिसकिएको सूचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिएका छन् । सुचना अधिकारी न्यौपानेका अनुसार अहिलेसम्म २ हजार परिवारलाई राहत वितरण गरिसकिएको छ ।

अहिलेसम्म राहत वितरण गरिएको वडा मध्ये वडा नम्वर १ मा १६२, वडा नम्वर २ मा ७०, वडा नम्वर ३ मा ५०६, वडा नम्वर ५ मा ११८, वडा नम्वर ६ मा ४ सय ६८, वडा नम्वर १० मा ३१, वडा नम्वर १३ मा २३८, वडा नम्वर १५ मा १५०, वडा नम्वर १६ मा ५६ र वडा नम्वर १८ मा २०० घर परिवारलाई राहत वितरण गरिएको विपद् व्यवस्थापन शाखाका प्रमुख भिमप्रकाश खत्रीले जानकारी दिए । प्रतिघर परिवार ३० किलो चामल , १ लिटर तेल, १ किलो नुन, २ किलो दाल र सावुन राहतमा दिइएको पनि खत्रीले जानकारी दिए ।

उनले वडा नम्वर ५ र ६ मा वडाको तर्फबाट वितरण गरिएको भएपनि नगरका तर्फबाट वितरण हुन बाँकी रहेको वताए । वडाबाट लगत आइसकेको र खरिद प्रक्रियामा रहेकाले अन्य वडामा पनि तत्कालै वितरण गरिने पनि शाखा प्रमुख खत्रीले जानकारी दिए । अधिकृत खत्रीका अनुसार अन्य वडामा पनि खाद्यान्न खरिद गरेर पठाउने क्रम जारी रहेको छ । “आपतकालिन भएका ठाउँमा पठाइरहेका छौ” खत्रीले भने ।

उपमहानगरपालिकाले राहत वितरणमा अनियमितता नहोस् भन्नका लागि कार्यविधि वनाएर काम अगाडि वढाएको प्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिए । कार्यविधि अनुसार दैनिक ज्यालादारीमा काम गर्नेहरुको पहिचान गरेर टोल विकास संस्थाले वडा कार्यालयमा पठाउने र वडा कार्यालयले सर्वदलीय वैठक राखेर त्यसको छानविन गरी नगरमा पठाउने उल्लेख छ ।

“जनताले आफै दुखमा परेका मान्छेहरु छान्न सकुन भनेर हामीले यो व्यवस्था गरेका हौं” प्रवक्ता डाँगीले भने ।

प्रतिक्रिया दिनुहोस