लकडाउनमा घाेराहीका घर घरमा तरकारी

चैत २३, २०७६

तुलसीपुर  – तरकारी किन्न डुल्नु पर्थ्यो। पुरा बजार घुमेपछि मात्रै तरकारी किन्ने मायाँ चौधरी अचेल घर आगनमै तरकारी पाउदा खुसी छिन् । लकडाउनले तनाव दिएका बेला घरमै तरकारी, खाद्यान्न पाउँदा लकडाउन भुलाउने गरेको बताइन्।

‘माइक बजाउँदै गाडि आउँछ । चाहिएको तरकारी किन्यो । घर भित्रै बस्यो । न भिडभाड हुन्छ’उनले भनिन्–‘तरकारी किन्न मण्डीभरी डुल्नु पर्थ्यो। अहिले घर आगनमै तरकारी आउँछ ।’

 

लकडाउन शुरु भएपछी घोराही क्षेत्रमा व्यवसायी र जनप्रतिनिधि विच छलफल चल्यो । अत्यावश्यक दैनिक उपभोग्य सामाग्री घर–घरमा पुर्‍याउने । यो अभियानको नेतृत्व गर्‍यो दाङ उद्योग बाणिज्य संघले । लकडाउनमा पनि तरकारी, दूध, दाल, चामल किन्न पनि पसल खुल्दा भिडभाड हुन थालेपछि नयाँ योजना निकालिएको हो ।

पाँच दिन भयो होम डेलिभरी सेवा सुरु भएको । २३ ओटा पिकअप गाडी परिचालन भएका छन् । खाना पकाउने ग्याँस, तरकारी, दूध, फलफूल, मासु समेत घर आगउनमै पुग्ने गरेको छ।

 

एक घरले एक पटकमा २५ किलो चामल, दुई पोका नुन, एक झोला पीठो किन्न पाउछन्। यो सेवालाई अहिले गाउँमा पनि केन्द्रित गरिएको दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले बताए। गाउँबाट अत्याधिक माग बढेपछी गाउँमा पनि होम डेलीभरी सेवा सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस