गजल

चैत २३, २०७६

 

 

                  

    प्रेमराज पाण्डे

कतिसंग रिसाए हुँला गाली गरेहुँला बेक्कार लाग्न थाल्याे
आफ्नै गल्ति कमजाेरी सम्झिएर धिक्कार लाग्न थाल्याे

 

सम्झनामा माझगाउँ,भिरगाउँ ,दमारगाउँ , पिरगाउँ आउँछ
बजार भनेर के गर्नु , याे गुप्तबासले दिक्दार लाग्न थाल्याे

 

दुखकाे बेला राहत बाँडेका छन् , सहयाेगमा जुटेका छन्
सबैभन्दा राम्रा त मलाई याे बिपत्तिमा ठेक्दार लाग्न थाल्याे

 

कस्ताे किसिमकाे आपत आईपर्याे विश्व मानव जगतलाई
खानपिन , राेजिराेटिकाे एकाएक हाहाकार लाग्न थाल्याे

 

ईश्वरका श्रृष्टी त उडुस, उपिया,किर्ना जुका हरुपनि हुन्
संक्रमण नबढाउन घरभित्रै बसिरहनेहरु समझदार लाग्न थाल्याे

प्रतिक्रिया दिनुहोस