प्रचारका लागि भिडभाडमा राहत वितरण नगर्नुहोस् : प्रजिअ रिजाल

चैत २३, २०७६


तुलसीपुर । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले राहत वितरणमा अनावश्यक प्रचारवाजी मात्रै वढेको भन्दै स्थानीय तहबाट मात्रै राहत वितरण गर्न निर्देश गरेका छन् ।

सामाजिक सञ्जालमा प्रचारका लागि मात्रै जथाभावि राहत वितरण गर्दा भिडभाड भएर त्यसले संक्रमण वढाउने भएकाले स्थानीय सरकार मार्फत राहत वितरण गर्नुपर्ने उनको भनाई छ ।

“सम्वन्धित स्थानीय तहको वडा कार्यालय मार्फत राहत वितरण गरिने भएकोले सहयोग गर्नेले सोही कोषमा गर्न सक्नेछ” उनले उल्लेख गरेका छन् । पहिचान र चर्चाका लागि भन्दा पनि विपन्न वर्गको लागि वास्तविक सहयोग गर्न सबैले स्थानीय तहलाई नै रकम र अन्य खाद्यान्न लगायतका सामग्री हन्तान्तरण गर्न उनको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस