संक्रमण रोक्न तुलसीपुरमा दमकलबाट औषधि छर्किदै

चैत २३, २०७६


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले विभिन्न ठाउँमा भाइरसनासक औषधि छकिर्एको छ । कोरोना भाइरसको संक्रमण कम गर्नका लागि उपमहानगरपालिकाले पहिलो चरणमा वढि भिडभाड हुने क्षेत्रमा औषधि छर्किरहेको नगरप्रवक्ता सुर्यवहादुर डाँगीले वताए ।

आइतवार तरकारी वजार, राप्ती प्रादेशिक अस्पताल लगाएको ठाउँमा औषधि छर्कने गरेको पनि वताए । “वसपार्क, मासु वजार लगायत अन्य ठाउँमा पनि छर्किने योजना छ ” उनले भने ।

रोटरी क्लव र रोट्रयाक्ट क्लव अफ तुलसीपुर सिटीको व्यवस्थानमा उपमहानगरपालिकाले औषधि छर्कने काम गरेको हो । मानिसको वाक्लो वस्ति भएको र जमघट हुने वढि सम्भावना रहेका सबै क्षेत्रमा औषधि छर्कने रोट्रयाक्ट क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष नविन राइले जानकारी दिए ।

उनले क्लवको तर्फबाट औषधिको व्यवस्था गरिएको वताए । “उपमहानगरपालिको प्राविधिक सहयोग गरेको हो हामीले औषधि व्यवस्थापन गरेका हौ”

सामाजिक संस्था भएकाले विपत्तिको समयमा जनतालाई केही राहत होस् भनेर औषधि छर्किएको रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष देववहादुर केसीले जानकारी दिए ।

उनले क्लवका तर्फबाट अन्य सहयोग पनि गरिने वताए । दुवै क्लवहरुले यस क्षेत्रमा सामाजिक कामलाई अग्रता दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस