राहतलाइ व्यवस्थित वनाउँदै वडा नम्वर ६

चैत २३, २०७६

तुलसीपुर, २२ चैत ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ ले लकडाउनमा भोकमरी पर्न नदिने गरी राहत बितरणलाई थप व्यवस्थित बनाउने भएको छ । शनिबार विहान बसेको सर्बदलीय बैठकले हाल सम्म गरिएको राहत बितरणको समिक्षा गर्दै आगामी दिनमा थप व्यवस्थित बनाउने निर्णय गरेको हो । वडा समितिको आह्वानमा बसेको बैठकले दैनिक छाक टार्न मुस्किल परेकाहरुकालागि राहत बितरण गर्ने निर्णय गरेको छ ।

टोल विकास संस्थाहरुले सफिरिस गरि पठाएको परिवारको छानवीन तथा अनुगमन गरी राहत बितरण गरिने वडा अध्यक्ष नवराज लामिछानेले बताए । कुन घरको अवस्था कस्तो हो भन्ने बिषयमा टोल विकास संस्था नै जानकार हुने भएकाले राहत वितरण गर्दा टोल विकास संस्थाको सिफारिस अनिवार्य गरिएको हो । नगर स्तरिय विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका लामिछानेले लकडाउन अवस्थामा कोही भोकै मर्न नपर्ने बताए । जनताले जिताएर पठाएका प्रतिनिधीहरु विपत्तिको बेलामा जनताकै साथमा रहेकाले भोकमरीले कोही मर्न नपर्ने बताए ।

बैठकमा वडा सदस्यहरुले हाल सम्म वडा नं. ६ का चार सय ६८ घर धुरीलाई राहत बितरण गरिएको प्रतिबेदन प्रस्तुत गरेका थिए । पहिलो चरणको राहत बितरणगर्दा सामान्य कमिकमजोरी भएपनि धेरै सिकाइ भएको भन्दै उनीहरुले आगामी दिनमा यसलाई थप व्यवस्थीत बनाउने प्रतिवद्धता ब्यक्त गरेका थिए । वडा सदस्यहरु हरिबहादुर वली, युवा करारा, यमुना परियार र दुजमान भण्डारी बर्षातले दैनिक मजदुरी गर्नेहरुलाई प्राथमिकतामा राखेर राहत बितरण गरेको बताएका थिए ।

बैठकले लकडाउन पछि हाल सम्मको अवस्थाको समिक्षा, राहत बितरणकालागि लक्षित बर्गको बिवरण, राहत वितरण प्रणालीलाई थप व्यवस्थित बनाउने, लक डाउनलाई प्रभावकारी कसरी बनाउने भन्ने बिषयमा छलफल गरेको छ ।

यस्तै बैठकले कोरोना भाइरसको महाविपत्तिका बेला नगद तथा खाद्ययान्न सहयोग गर्ने नेत्रमणी लामिछाने, बिरेन्द्र महरा, भागवत पौडेल, होताराम आचार्य, टोपबहादुर महतरा, पदम पोख्रेल, अमर नेपाली र संजात धिताललाई धन्यवाद ज्ञापन गर्दै थप सहयोग गर्न सबैमा आग्रह गरेको वडा सचिव पुष्पलता घर्तीले जानकारी दिएकी छन् । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) यज्ञबहादुर बस्नेत, नेपाली काङ्ग्रेसका लिलाधर लम्साल, राप्रपाका छोटीलाल थारु, समाजवादी पार्टीका टोप बहादुर महतरा, राष्ट्रिय जनमोर्चाका नारायण प्रसाद भण्डारी, पत्रकार गोपाल शर्मा भट्टराई लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस