समाजसेवी वलदेव शर्माले गरे राहत कोषमा ५० हजार सहयोग

चैत २२, २०७६


तुलसीपुर । कोरोना संक्रमणको विपदमा परेकाहरुको उद्दार, सहयोग र राहतका लागि तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको कोरोना विपद् कोषमा सहयोग जुट्ने क्रम जारी रहेको छ ।

कोषमा शनिवार वडा नम्वर ६ वस्ने समाजसेवी वलदेव शर्माले सहयोग गरेका छन् । उनले कोषका लागि ५० हजार रकम उपलब्ध गराएका हुन् । विपन्न वर्गका जनताले खान नपाउने अवस्था नआओस् भन्नका लागि सहयोग गरेको पनि उनले वताए ।

उपमहानगरपालिकाले ५० लाख रकम जम्मा गरेर स्थापना गरेको कोषमा सहयोग गर्ने क्रम निरन्तर जारी रहेको छ । कोषमा यस क्षेत्रका विभिन्न समाजसेवी र संस्थाहरुले सहयोग गरेका छन् ।

नेपाल इन्भेष्टमेन्ट वैकमा रहेको विपद् व्यवस्थापन कोषको ०३१०१०४०२५१८६० नम्वरको खातामा रकम जम्मा गरेर कोषलाई सहयोग गर्न सकिने उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताए । उनले फुड वैकमा खाद्यान्न लगायतको जिन्सी समेत सहयोग गर्न सकिने वताए ।

उपमहानगरपालिकाले कोरोना सचेतना, क्वारेन्टाइन निर्माण, विपन्नलाई राहत वितरण लगायतका विभिन्न कामहरु गरिरहेको छ । आपतको समयमा सहयोग गर्नका लागि नगरप्रमुख पाण्डेले सबैलाई आव्ह्वान समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस