समाजसेवी लामिछानेले गरे राहत कोषमा २५ हजार सहयोग

चैत २२, २०७६


तुलसीपुर । तुलसीपुर क्षेत्रका समाजसेवी प्रकाश लामिछानेले कोरोना संक्रमण राहत कोषलाई नगद सहयोग गरेका छन् । उनले विपन्न वर्गका कोही पनि भोकै वस्न नपरोस् भनेर सहयोग गरेको पनि वताए ।

समाजसेवी लामिछानेले कोषलाई २५ हजार ५ सय ५५ सहयोग गरेका छन् । ‘हाम्रै ठाउँमा दुखमा परेकालाई हामीले सक्दो सहयोग गर्नुपर्दछ’ उनले भने ।

तुलसीपुर उपमहानगरपालिकाले कोरोना पिडितका लागि भनेर राहत कोष वनाएको छ । राहमत कोषमा सहयोगका लागि नगरप्रमुख घनश्याम पाण्डेले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस