नेपालमा थप तीनजनामा कोरोना संक्रमण

चैत २२, २०७६

काठमाडौं। नेपालमा थप तीनजनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

स्वास्थ्य मन्त्रालयले आफ्नो फेसबुक पेजमा केही बेरअघि सार्वजनिक गरेको विवरण अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिलामा कोभिड-१९ देखिएको हो।

कैलालीकी महिला भने कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको मन्त्रालयले जनाएको छ।

योसँगै पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको स्वास्थ्य मन्त्रालयले भनेको छ।

यी तीनजनामा कोभिड-१९ देखिएसँगै नेपालमा कोरोना भाइरस पोजेटिभका बिरामी नौ जना भएका छन्।

प्रतिक्रिया दिनुहोस