त्यो उमेरको कथा, अनि लेखे नामको विचमा विवश

शनिवारकाे खुराक

चैत २२, २०७६

–वसन्त आचार्य

निर्दयी घडीको सुईले भित्ताको क्यालेन्डर वेपर्वाह पल्टाईरहेको थियो ।
तर मायाको पासा पल्टिने होईन ।
हेर्ने तृष्णा,वोल्ने तृष्णा सवै तृष्णा नै तृष्णा जीन्दगी नै तृष्णाको एक सागर जस्तो ।
मलाई कलरिज झै वेस्मारी मात्न मन लाग्छ तृष्णाको सोमरस पिएर ।
चित्रकार भेटिएपछिको पल्पसा भएको थिए म ।

 

‘ईतिहास जित्नेको लेखिन्छ, हार्ने त हराएर नै जान्छ ’
‘मायामा जित्नुको परिभाषा फरक वन्न सक्तछ ’
‘सवै वकवास हो ’
‘हारेर पनि त मायामा रमाउन सकिन्छ ’
विश्वविद्यालयको चौरमा मायाको परिभाषा खोज्दैछन् उनीहरु । मानौ दुवोभित्र हराएको छ अनि भेल आएर वगाउँदैछ ।

आज उठ्न ढिला भयो आउदा भेट हुन सकेन ।
बोर फिल भएको भएको छ ।
त्यहि भएर केटाहरुको क्लास छाड्ने दैनिकीलाई साथ दिएको छु ।
मेरो वारेमा पनि केटाहरु यति धेरै चिन्तित होलान् भन्ने मैले सोचेको थिएन ।

‘ह्या उसको मेहेवुव त विदेश पढ्दै छ रे वेकार किन पछि लाग्छस् ?’
‘मनको रोजाईमा किन , के र कस्तो भन्ने प्रश्न नै हुदैन साथी ’

मलाई किन किन केटाहरुका हरेक कुरा डेट कटेको मलम जस्तो लाग्छ ।
अव आज उसलाई भेट्न गाह्रो छ फेरि भेटेपनि कुरा गर्ने कसरी ?
तै पनि म लाईव्रेरी छिर्छु कतै ………….
‘पर्खालका विचमा पनि वाटो हुन्छ ’नित्से
पचासौ पटक लाईब्रेरी छिरेको छु ,त्यति नै पटक लाईव्रेरीको निधारमा लेखिएको यो वाक्य पनि पढेको छु तर आज वेग्लै लागे यी शव्दहरु मलाई टुक्रा टुक्रा पारेर पढ्न मन लाग्यो ।

निर्दयी घडीको सुईले भित्ताको क्यालेन्डर वेपर्वाह पल्टाईरहेको थियो ।
तर मायाको पासा पल्टिने होईन ।
हेर्ने तृष्णा,वोल्ने तृष्णा सवै तृष्णा नै तृष्णा जीन्दगी नै तृष्णाको एक सागर जस्तो ।
मलाई कलरिज झै वेस्मारी मात्न मन लाग्छ तृष्णाको सोमरस पिएर ।
चित्रकार भेटिएपछिको पल्पसा भएको थिए म ।

निराशाको हावा लागेको वेला हजुरआमाले गाला मुजा पार्दै सुनाउनुभयो
‘ओई आज स्वस्थानी सुन्न नानी आउछिन् पर्खे रे ’
म कति हात उफ्रिए नाप्न भ्याईन
तर वार्षिकोत्सवमा हाईजम्पमा पहिलो भएको नरे भन्दा सायद कम उफ्रिन होला ।
ओहो आज त कत्तैपनि नअडिएर खरर पढ्नुपर्ला
‘धत् मेरो स्वर पनि ’एकछिनका लागि रामकृष्ण ढकालको जस्तो भईदिए
म कल्पनाको पखेटा लगाएर उड्न थाले ।

ताप्लेजुङ्गमा भएकाृ हवाई दुर्घटनाले उड्न पनि मनमा कता कता डर लाग्यो ।
मैले जीवनमा पहिलो पटक आज कुचो समाते,कोठा मिलाए अनि केहि आफ्ना कविता छापिएका पत्रिका पनि उसले पढ्नको लािग समातोस् भनेर टेवलमा वाहिर राखे ।

           मुरलीधरको मुरली सम्झिए मैले ‘उडायो सपना सवै हुरीले ’

‘पैसासैसा छैन, आज त प्रसाद चिनीको वनाउने ’
आमा चुल्होवाटै चुल्होलाई नै उछिनेर तात्तिनुभयो ।
ओ हो लौन वित्तास पर्यो
खल्तिमा सुक्को छैन ।
म जावोलाई कसले पत्याउने
पिढीमा वसेर रुनुसिवाय केहि रहेन ।
‘कहिलेकाहि दैवले पनि आँखा खोल्दा रहेछन् ’
छतमा विग्रिएको स्टोभमा मेरो आँखा पुगे
ओ हो अझै केहि समय बाँकी छ ।
म हतार हतार वोरामा स्टोभ प्याक गरेर दौडिए विपि चोकनेरको पसलमा ।
पाँच रुपियोको नोट पर्यो हातमा
झोलामा अङ्गुर वोकेर म घरतिर दौडिए ।
‘ल अव पढ्न सुरु गर ’आमा फेरि पनि तात्तिन थाल्नुभयो
मैले हजुरआमा तिर नजर दौडाए ।
‘ए नानी त नआउनेरे उतै घरमा पढ्ने रे ’
मुरलीधरको मुरली सम्झिए मैले ‘उडायो सपना सवै हुरीले ’
भित्रैवाट जाँगर सेलाएर गयो ।
मन न हो आस लागिहाल्छ ।
तर नहुने कुरा कसरी हुन सक्थ्यो ।
अचानक मेरो पेट दुख्न थाल्यो,ज्वरो आउन थाल्यो ठाँउका ठाँउ ढलुला झै भयो ।
अव त वुवाको आँखामा पनि आगो वल्न थाल्यो ।
मनमा आगो वोल्दै म वोल्न थाले ‘कुमार जी आज्ञा गर्नुहुन्छ………..’

‘मैले भनिदिएको छु त आफै भन् अरे, हुन्छ ढुक्क’सधै डेट कटेको मलम लगाईदिने विनोदले आज लगाएको मलमले साच्चै कताकता घाँउ निको होला झै भयो ।
‘होईन यार म सक्दिन ’मलाई पिसाव आउला झै भयो ।
‘त मर्छस् सम्झी सम्झी मर्छस् ’अव त डेट कटेका औषधि खुवाउनेहरु पनि टाढा टाढा हुन थाले ।
‘राति सुत्यो निदै पर्दैन,वाटामा हिड्यो वाटै भरि उसैको फोटो भातको सितामा, चियाको कपमा,वाथरुमको पानीमा ओहो मत पागलै हुन्छु क्या हो ।

‘आ हा कति राम्री ’म झ्याल भित्रवाट थुक निल्थे
वाटोमा उ हिड्दा पनि मलाई किन लुक्नु प¥यो ?
‘भोलि विहान क्याम्पस जादा उसलाई भेट रे अघि मसंग कुरा गर्दै थिई ।
आज वल्ल डेट कटेको औषधिले राम्रो कुरा ग¥यो ।
अव कुरा गर्नैपर्याे ।

मनमा अचानक आटँ पलायो ।
रातभर रिहर्सल गरे निद नै लागेन ।
‘म तिमीलाई साह्रै माया गर्छु सायद वाँच्न पनि सक्तिन ’
म बर्बराउन थाले ।
पासाङ्गले सगरमाथा चढ्दा गरेको तयारी जस्तै तयार भएर २०५८ साल भदौ ८ गतेको दिन मैले साहस वटुलेर कुरा राख्ने निश्चय नै गरे ।
झिसमिसे साझ ऊ एक्लैथिई विहानपख ।
केटाहरुले जोस को हुरी चलाईदिए ।
मलाई पिसाव आउला आउला जस्तै भएको थियो ।
‘तिमीले मलाई किन वोलाएको ’म ढलुला झै भएको थिए ।
‘कसले भन्यो वकवास ’उसले ओठ खोलि ।
मलाई नारायण हेडसरको अगाडि उभिएको भन्दा वढि डर लाग्न थाल्यो ।
‘म तिमीलाई माया गर्छु ’पल्पसा क्याफे झै म भुमिका विहिन भए ।
‘म गर्दैन ’
‘मैले योग्यहुन के गर्नुपर्दछ ?’
‘अव त्यसको कुनै मतलव छैन सव वकवास’
म नाजावाफ भए ।
कति दिन म स्कुल गईन
खाना खाईन
कति पैसा डाक्टरले लुटे
कति पैसा धामीले
मलाई निको भएन
एकदिन वल्ल वल्ल उठेर झ्यालवाट वाहिर के हेरेको थिए ।
मन्दिरमा ठुलो भिड रहेछ ।

के भएछ ? कौतुहुलता लाग्यो म पनि उतै लागे ।
विहे रहेछ दुलाहा सिन्दुर भर्दै थियो लामो सेतो कपडावाट सिधा
सिउँदोलाई ताकेर ।
अर्जुनले चराको आँखा ताके जस्तै ।
डेटसकिएका औषधिहरु आज चुपचाप थिए ।
वोल्ने विषयवस्तुको आज अन्त्य हुदै थियो ।
म निरिह वनेर घर फर्किए ।
अनि थपे वसन्त आचार्यलाई जोड्ने गरि
वसन्त विवश आचार्य ।

प्रतिक्रिया दिनुहोस