घोराहीमा २४ सै घण्टा लकडाउन,घरघरमा सामान

चैत २१, २०७६

तुलसीपुर । घोराहीमा २४ सै घण्टा लकडाउन गरिएको छ । विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले गरेको लकडाउनलाई २४ सै घण्टा लागु गरिएको घोराही उपमहानगरपालिका विपद व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिएका छन् ।

लकडाउनका कारण नागरिकलाई दैनिक उपभोग्य सामानको अभाव हुने भन्दै स्थानिय प्रशासनले जिल्लामा दैनिक विहान ६ बजेदेखी ९ बजेसम्म खाद्यन्न तथा तरकारी पसल खुला गर्ने समय निर्धारण गरेको थियो ।

तर जिल्लाका दश वटा पालिका मध्ये घोराही उपमहानगरपालिकाले सरकारले दोस्रो पटक लकडाउनको समयावधी थप गरे संगै दैनिक उपभोग्य बस्तुहरु खरिद गर्ने समयमा नागरिकहरुको आवतजावत, अत्यधिक भिडभाड र संक्रमणको जोखिम बढेपछि बजार क्षेत्रमा चौविसै घण्टा पूर्णरुपमा लकडाउन गर्ने निर्णय भएको हो ।

पुर्ण रुपमा लकडाउन गरे संगै यो अबधीभर घोराहीमा नागरिकका घरघरमा दैनिक आबस्यक बस्तुहरु पुर्याउन थालिएको छ । गएको मंगलवार देखी पुर्ण रुपमा लकडाउन गरिएको हो । त्यसको विकल्पमा दाङ जिल्ला उद्योग बाणिज्य संघको समन्वयमा दैनिक उपभोग्य बस्तुहरु बजार क्षेत्रका टोल टोलमा पुर्याउन थालिएको संयोजक डाँगीले बताएका छन् ।

चामल, तरकारी, नुन, तेल, दाल, दुध, फलफुल,मासु,अण्डा, पिठो, सावुन र च्याउ उपभोक्ताको घरघरमा पु¥याउन थालिएको हो । जसका लागि १२ वटा गाडी र एउटा मोटरसाईकलमा सामानहरु राखेर घरमै सेवा दिन थालिएको छ ।

बजार क्षेत्रभित्र पर्ने उपमहानगरपालिकाका वडानम्वर १४, १५ र १० का घरघरमा अत्यावश्यक सामग्री पुग्न थालेपछि स्थानीयहरु घरबाहिर निस्कन छाडेका छन् । आफ्नो टोलमा खाद्यान्न, फलफूल, तरकारी बोकेका गाडीहरु माइकिङ गर्दै आएमा आवश्यक सामग्री खरिद गर्नका लागि स्थानीयहरु निस्कने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस