तुलसीपुरमा विपन्नलाई राहत, वाँच्ने आशा पलायो : स्थानीय

चैत २१, २०७६

उपमहानगरपालिकाले पहिलो चरणमा वाँडेको राहतमा प्रति परिवार ३० किलो चामल, १ लिटर तेल, १ किलो नुन, २ किलो दाल र २ वटा सावुन वितरण गरिएको विपद् व्यवस्थापन शाखा प्रमुख भिमप्रकाश खत्रीले जानकारी दिए ।

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका वडा नम्वर १० गौलोरीकी रोमा खत्रीले सात दिन अगाडि पाँच किलो चामल ल्याइन् । ४ जनाको परिवार रहेको उनका श्रीमान दिल्लीमा अलपत्र छन् । चामल सकिएर छिमेकीसँग ऐचोपैचो गरेकी थिइन् । । ‘के खाने भन्ने चिन्ता थियो अव पेटका लागि लक डाउन तोड्नु नपर्ने भयो’ खत्रीले भनिन् ।
वडा नम्वर २ तकियापुरकी पवि खड्काको एउटा नाति मात्रै घरमा छ । परिवारका अन्यको मृत्यु भएपछि उनले गाउँघरमा केही काम गरेर जीवन कटाइरहेकी थिइन् । तर अचानक लक डाउन भएपछि उनको गाँस पनि टुट्ने अवस्थामा थियो । ‘राहत पाएपछि वल्ल वाँच्ने आशा पलायो ’ उनले भनिन् ।

‘जनतालाई भोकै राख्दैनौ, सरकारले जसरी पनि पुर्याउछ’ उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले भने ।

कोरोना संक्रमणका कारण सरकारले लक डाउन घोषणा गरेपछि ज्याला मजदुरी गर्नेको छाकवास समेत टुटेको छ । ‘केही दिनका लागि जोहो गरेको लकडाउन लामो भयो खाने अन्न थिएन घरमा ’ वडा नम्वर २ तकियापुरकी रामकली विकले भनिन् । वडा कार्यालयमा राहत लिन गएकी विकले राहत पाएपछि खुसी व्यक्त गरिन् ‘अरु नभए त जसरी वाचिएला तर चामलै नभए कहाँ वाच्न सकिन्छ र ?’

लकडाउनको समय लम्बिदै जाँदा विपन्न वर्गका जनतालाई खानको समस्या भएको भन्दै तुलसीपुरले शुक्रवारबाट राहत वितरण सुरु गएको छ । टोल विकास संस्था हुँदै वडाबाट सिफारिस भएका विपन्न वर्गलाई लक्षित गरेर उपमहानगरपालिकाले राहत वितरण कार्यलाई अगाडि वढाएको छ ।

‘जनतालाई भोकै राख्दैनौ, सरकारले जसरी पनि पुर्याउछ’ उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले भने । उनले राहत वितरण गर्दै कसैले पनि अनुचित तवरले राहत लिन नहुने सुझाए । ‘खान नपुगे सरकारले व्यवस्था गर्छ तर तपाईहरु लकडाउन तोडेर घरबाट वाहिर आउने काम नगर्नुहोस्’ नगरप्रमुख पाण्डेले भने । उनले कोरोनाबाट वच्नका लागि सजगता अपनाउनु आवश्यक रहेको कुरामा पनि जोड दिए ।

वडा नम्वर १ बाट १ सय ६२, २ वाट ७०, १० बाट ३१ र १३ बाट २ सय ३८ जनाका लागि राहत सामग्री वडा कार्यालयलाई हस्तान्तरण गरिएको थियो

उपमहानगरपालिकाले पहिलो चरणमा वाँडेको राहतमा प्रति परिवार ३० किलो चामल, १ लिटर तेल, १ किलो नुन, २ किलो दाल र २ वटा सावुन वितरण गरिएको विपद् व्यवस्थापन शाखा प्रमुख भिमप्रकाश खत्रीले जानकारी दिए । उनले वडा नम्वर १ बाट १ सय ६२, २ वाट ७०, १० बाट ३१ र १३ बाट २ सय ३८ जनाका लागि राहत सामग्री वडा कार्यालयलाई हस्तान्तरण गरिएको जानकारी दिए ।

टोल विकास संस्थाको सिफारिसमा वडा कार्यालयमा वस्ने सर्वदलिय वैठकले राहत पाउनको नाम सिफारिस गरेको हो । ‘गलत मान्छेले पाउँनु हुँदैन भनेर टोल तहमा अधिकार दिइएको हो’ विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले वताए ।

 

‘एकैपटक वडामा भिडभाड गर्दा संक्रमणको समस्या हुने हुँदा समुह वनाएर वितरण गर्ने योजना छ’ वडा नम्वर १ का वडाध्यक्ष लक्ष्मण भण्डारीले वताए । वडा नम्वर २ का वडाध्यक्ष राजु आचार्यले धेरैको नाम आएपनि त्यसलाई छानविन गरेको वताए । अर्का वडाध्यक्ष कुमार लामिछानेले घरमा चुलो वल्न वन्द भएकालाई पहिलो प्राथमिकतामा राखेर राहत वितरण गरिएको वताए ।

राहत वितरण कार्यक्रममा उपप्रमुख माया शर्मा, , नगर प्रवक्ता सुर्यवहादुर डाँगी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस