अमेरीकाबाट केसीले गरे फुड वैकमा सहयोग

चैत २१, २०७६

तुलसीपुर । अमेरिकाको मिलवाकी विसकन्सिनमा वस्दै आएका गैर आवासीय नेपाली संघ अमेरीकाका बोर्ड अफ डाइरेक्टर तिलक केसी र उनकी श्रीमती सुनिता हिराचन केसीले तुलसीपुर फुड वैकमा खाद्यान्न राहतको घोषणा गरेका छन् ।

प्युठान स्थायी घर भएका केसीले १ हजार किलो चामल सहयोग गर्ने भएका छन् । नेपालीले दुख पाउँदा नेपालीले नै सहयोग गर्नुपर्ने भन्दै सहयोग गरेको उनले वताए ।

कोरोना संक्रमणका कारण काममा जान नपाउँदा विपन्न वर्गका नेपालीहरुलाई हातमुख जोर्नका लागि जटिल भएको भन्दै यस्तो सहयोग गरिएको पनि केसीले वताए । उनले अन्य सहयोगका लागि पनि आफु र आफ्नो संस्था तत्पर रहेको वताएका छन् ।

अमेरिकामा वसेर पत्रकारिता गर्दै आएका युएस खवर अनलाईनका सञ्चालक किसन रेग्मीले यस्तो पहल गरेका हुन् । उनले अमेरीकामा रहेका अन्य सहयोगीहरुलाई पनि संकटको घडीमा सहयोग गर्न प्रेरित गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस