भालुवाङमा घरबेटी विष्टद्वारा लकडाउन अबधिभर घरभाडा नलिने घोषणा

चैत २१, २०७६

ओमप्रकाश गुप्ता 

दाङकाे देउखुरी स्थित भालुवाङ पुल्चाेक बजारका एक घरबेटीले   घरमा बस्ने र सटर व्यवसाय गर्नेहरूसंग लकडाउन अबधिभर कुनै प्रकारकाे घर भाडा नलिने घाेषणा गरेका छन् ।

भालुवाङ पुल्चोक बजारकाे प्युठानराेड स्थित शाेवबहादुर बिष्टले  भाडामा बसेका पसलहरुलाई घरभाडा नलिने घाेषणा गरेका हुन् । काेभिड १९, काेराेना भाइरसबाट विश्व आक्रान्त भएको बेला नेपाल सरकारले आफ्ना नागरिकहरुलाई सम्पूर्ण व्यापार व्यवसाय, उद्योग धन्दा , कलकारखाना बन्द गरेर घर भित्र बस्न आव्हान गरेपछि यतिखेर देश लकडाउन छ ।

लकडाउनलाई पूर्ण रूपमा पालना गर्दा विशेषगरी अरुकाे घरमा भाडामा बस्ने नागरिकहरुलाई अब मासिक रूपमा बुझाउदै आएको घरभाडा स्वरूपको पैसा अब कसरी तिर्नेहोला भनेर चिन्तामा रहेका थिए।

यसैबीच नेपाल सरकारले सम्पूर्ण घरधनी नागरिकहरुलाई आफूले मासिक रूपमा लिदै आएको घरभाडा नलिनका लागि अाव्हान गरेको छ । सरकारले गरेको उक्त घाेषणालाई शिरोपर गरेर घरधनी बिष्टले त्यसरी घरभाडा नलिने कुरा बताएका छन् । बिगत ५/६ महिनादेखि भारत उत्तर प्रदेश बलरामपुरका महेश गुप्ताले बिष्टको घरमा सटर मासिक ५ हजारका दरले भाडामा लिएर तरकारी पसल गर्दै आएका छन् ।

सरकारले लकडाउनकाे अवधि अरुपनि थप गरेको खण्डमा सम्पूर्ण लकडाउन अवधिभरकाे घरभाडा नलिने पनि बिष्टले जानकारी गराएका छन् । देशका अन्य भूभागमा रहेका घरधनीहरुलाई यसैगरी आ-आफ्नो घरको भाडा नलिएर सरकारलाई सहयोग गर्न पनि बिष्टले सुझाएका छन् । दाङको पूर्वी देउखुरीमा अवस्थित भालुवाङ्ग पुल्चोक बजार पूर्वपश्चिम लगायत धेरै पहाडी जिल्लाहरुकाे केन्द्रबिन्दु जस्तै व्यस्त रहने चाेक परेको ठाउँ हाे । हामीले थाहा पाएसम्म स्वेच्छाले आफ्नो घरको भाडा नलिने घाेषणा गरेका उनी नै पहिलो घरधनी नागरिक हुन् ।

यस्ता समाजसेवी व्यक्ति समाज र देशका लागि अमूल्य गहना हुनसक्छन् । राज्यले यस्ता व्यक्तित्वको उचित सम्मान गर्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस