युवाहरुले गरे फुड बैकमा खाद्यान्न सहयोग

चैत २१, २०७६


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले लकडाउनका कारण खान नपाएका विपन्न वर्गका जनतालाई खाद्यान्न वितरणका लागि वनाएको फुड बैकमा यहाँका युवाहरुले सहयोग गरेका छन् ।

वडा नम्वर १६ मा वस्ने सामाजिक काममा सक्रिय युवाहरु सुरेश वस्नेत, कितिविर राजगुरु, र राजिव राजगुरुले फुड वैकका लागि ३ सय किलो चामल, ५० किलो दाल र ३० लिटर तेल सहयोग गरेका हुन् ।

“अभावमा कोही पनि वस्न नपरोस् भनेर हामीले आफै पैसा उठाएर सहयोग गरेका हौं” सहयोगी सुरेश वस्नेतले भने । उनले फुड बैक मार्फत सहयोग गर्न पाउँदा खुसी पनि व्यक्त गरे । उपमहानगरपालिको आजैबाट खाद्यान्न वितरण सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस